लजाउछ्यौ किन तिमी माया साट्नु पर्छ
मिली-जुली सुहाग-रात काट्नु पर्छ।
उठाउछु घुम्टो सुस्त,नझुकाउनु शीर
केही त बोल माया ,गफ छाट्नु पर्छ।
नलुकाउ मनका कुरा ,दिल खोली भन
हामी बीचको कालो बादल फाट्नु पर्छ।
एक अर्कामा समर्पित हुन्छौं आज देखि
भन्दिन सत्य,तथ्य कुरा ढाट्नु पर्छ।
तिमी मेरी रानी हौ, म नि तिम्रो राजा
जिन्दगीमा सुख र दु:ख बाट्नु पर्छ।
रंगीन बनाऔं मिली नौलो यात्रा हाम्रो
बाकी राख्न हुन्न केइ,आजै आट्नु पर्छ।
No comments:
Post a Comment