Thursday, 1 October 2015

युद्धको मैदानमा

आज उनले मेरो माया जोखेको छ
त्यसैले अचानक पाइला रोकेको छ।

दिउँसो नै अन्धकार रात जस्तो निस्पट्ट
नपिउदै पिए झै मात लागेको छ।

तिरस्कार सहन गाह्रो हुने रैछ
यो जिन्दगी पल पल मरी बाचेको छ।

एउटा मुटु टुक्रा टुक्रा भए पनि
यो मुटुले चोखो माया खोजेको छ।

हरेश खाको छैन एक पल्ट हारे नि
युद्धको मैदानमा फेरि उत्रेको छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...