दुस्मन लाई मित्र सम्झी उसैको बात मानेर
जन्म दिने आमाको छातीमा लात हानेर।
के पाउछौ र पापी हो आफ्नै संग लडेर
दाजु,भाइ,बहिनीकै खुट्टा र हात तानेर।
आन्दोलन,नाकाबन्दी फिर्ता लेउ खुरुक्क
नेपाल र नेपालीको माया र साथ जानेर।
दुस्मन लाई मित्र सम्झी उसैको बात मानेर
जन्म दिने आमाको छातीमा लात हानेर।
No comments:
Post a Comment