Thursday, 1 October 2015

मारे पछि

मायाको के अर्थ भो जिउदै मारे पछि
सेल-रोटी,अम्लेट झै तेलमा तारे पछि।

मेरो माया अटल थ्यो बुझ्न नि खोजिनौ
यो ज्यानलाइ छोडी अन्तै माया सारे पछि

दु:ख र कष्ट मैले तिम्रै लागि गरे
तिम्ले नै आज घर न घाटको पारे पछि।

सफलताको शिखरमा पुगिसकेको थे
एकै चोटि गर्ल्याम्म तल झारे पछि।

मरेको छैन अझै संघर्स गर्दैछु
मर्यो भन्दै तिमीले जुठो बारे पछि।

मायाको के अर्थ भो जिउदै मारे पछि
सेल-रोटी, अम्लेट झैं तेलमा तारे पछि।

No comments:

आँखामा तिम्रै तस्वीर

आँखामा तिम्रै तस्वीर छ मनमा तिम्रै पीर छ हट्टा र कट्टा शरीर छ मायाकै लागि हाजिर छ। छानोमा गौंथली चिर्बिर छ ताँबेको हावा सिर्सिर छ मनले चाहेर...