मलाइ माया गर्ने रे किस्ता किस्तामा
मेरो सामू पर्ने रे किस्ता किस्तामा।
पर्खी बसे उनीलाइ कहिले देखि
उनी बेशी झर्ने रे किस्ता किस्तामा।
मरी सके भुत्तुक्कै उनैको लागि
मेरो लागि मर्ने रे किस्ता किस्तामा।
फुल जस्तै फुलेकी गमक्कै उनी
प्रेमको सुबास छर्ने रे किस्ता किस्तामा।
हतार भा'छ मलाई साथ पाउन लाई
संगै सागर तर्ने रे किस्ता किस्तामा।
No comments:
Post a Comment