चोखो माया लाउन डराएर कहाँ हुन्छ
पराइ लाई हात थमाएर कहाँ हुन्छ।
नजिक आउँदा खेरी जान्छौ किन पर पर
सधैं भरी त्यता म धाएर कहाँ हुन्छ।
जसले माया गर्छ, उसैले नै पाउनु पर्छ
मैले तिमी लाई नपाएर कहाँ हुन्छ।
लड्न तयार छु म आफ्नो साचो प्रेमको लागि
दुनियाँले त्यसै तर्साएर कहाँ हुन्छ।
पक्कै बनाइ छोड्छु तिमी लाई जीवन साथी
मेरै सामू तिमी लजाएर कहाँ हुन्छ।
No comments:
Post a Comment