Monday, 5 October 2015

पल्काएर गयौ

यो दिलैमा आगो सल्काएर गयौ
लाग्या थे'न बानी,पल्काएर गयौ।

माया धेरै भई पोखिएछ क्यारे
भरिएको माया छल्काएर गयौ।

हीरा र मोतीले छपक्क त्यो शरीर
टललल ज्यानै टल्काएर गयौ।

तन-मन सबै सुम्पे तिमी लाई
जवानी यो मेरो ढल्काएर गयौ।

दुनियाको सामू देखायौ छर्लंगै
असली रुप आफ्नो झल्काएर गयौ।

No comments:

आँखामा तिम्रै तस्वीर

आँखामा तिम्रै तस्वीर छ मनमा तिम्रै पीर छ हट्टा र कट्टा शरीर छ मायाकै लागि हाजिर छ। छानोमा गौंथली चिर्बिर छ ताँबेको हावा सिर्सिर छ मनले चाहेर...