Saturday, 3 October 2015

बोल्दिनौ किन

लुकी-छिपी हेर्छौ तर बोल्दिनौ किन
मनको कुरा झट्टै तिमी खोल्दिनौ किन।

मेरो माया धेरै अनि तिम्रो थोरै भो
मेरो मायामा तिम्रो नि घोल्दिनौ किन।

कुनै खोट छैन मायामा,कसी लाइ हेर
माया जाच्न लाइ आगोमा पोल्दिनौ किन।

केही पाउन लाई केही गुमाउनु पर्छ
बिस्वासै गरि खतरा मोल्दिनौ किन।

टाढा हैन नजिकै आउ केको डर मान्छौ
मेरो मनको बगैंचामा टोल्दिनौ किन।

No comments:

आँखामा तिम्रै तस्वीर

आँखामा तिम्रै तस्वीर छ मनमा तिम्रै पीर छ हट्टा र कट्टा शरीर छ मायाकै लागि हाजिर छ। छानोमा गौंथली चिर्बिर छ ताँबेको हावा सिर्सिर छ मनले चाहेर...