Saturday, 3 October 2015

पुजा गरे हुन्छ

सुन्दर फूल बर्साइ पूजा गरे हुन्छ
पबित्र बेद पढाइ पूजा गरे हुन्छ।

यहाँ पुण्य हुन्न पाप चढाएर बली
शंखको धून बजाइ पूजा गरे हुन्छ।

अन्याय नै हुन्छ काट्मार-हिंसाले
दयालु चित्त बनाइ पूजा गरे हुन्छ।

कमिलाको पनि आखिर जीवनै हो
सबैको ज्यान बचाइ पूजा गरे हुन्छ।

सबै लाई एउटा तरीका सिकाउछु
भजन-किर्तन गाइ पूजा गरे हुन्छ।

No comments:

आँखामा तिम्रै तस्वीर

आँखामा तिम्रै तस्वीर छ मनमा तिम्रै पीर छ हट्टा र कट्टा शरीर छ मायाकै लागि हाजिर छ। छानोमा गौंथली चिर्बिर छ ताँबेको हावा सिर्सिर छ मनले चाहेर...