आफ्नै उचाईमा छु म गिर्न सक्तिन म
निर्दयी भएर मुटु चिर्न सक्तिन म।
कोही यस्ता पनि हुन्छन्,सताउछन् बेसरी
दु:ख दिई कसै लाई पिर्न सक्तिन म।
मेरो मन नौनी जस्तो पग्ली हाल्छ हेर
तीखो कीला बनी मनमा छिर्न सक्तिन म।
प्रेम गर्छु एउटा सित धेरै संग होइन
तिमी लाई छोडी अन्तै फिर्न सक्तिन म।
माया गर्नु पाप होइन, धोका दिनु पाप हो
धोकेबाजको नाङ्गो भिल्ला भिर्न सक्तिन म।
No comments:
Post a Comment