सिर्सिरे हावा संगै साउने झरी हुँदा
भुत्तुक्कै भए म त धर्तीमा परी हुँदा।
तड्पेको थिए अति जीवनमा माया नपाइ
खुशी छु आज माया अञ्जुली भरी हुँदा।
जमिनमा खुट्टा छैन,आकाशमा उडेको छु
सुखको सीमा छैन बादलै सरी हुँदा ।
सिर्सिरे हावा संगै साउने झरी हुँदा
भुत्तुक्कै भए म त धर्तीमा परी हुँदा।
No comments:
Post a Comment