फेरि सुरु भयो खेल कुर्सीको
घस्न थाले चिल्लो तेल कुर्सीको।
भ्रष्ट नेता पुग्ने भो सत्तामा
अब हुन्छ जाल र झेल कुर्सीको।
बाडी-चुडी खान थप्छन् कुर्सी
आउने भए देशमा भेल कुर्सीको।
दुस्मन पनि मिल्छन् यो बेलामा
बुझी सक्नु छैन मेल कुर्सीको।
फेरि सुरु भयो खेल कुर्सीको
घस्न थाले चिल्लो तेल कुर्सीको।
No comments:
Post a Comment