Friday, 2 October 2015

बाच्नु कसरी

बस्न पाउ तिमी संग सधैं यसरी
तिम्रो माया बिना मैले बाच्नु कसरी।

तिम्रो छेउमा हुँदा लाग्छ जून सित छु
बोल्दा खेरी तिम्रो मीठो धून सित छु।
छुट्न नपरोस् ती मुना-मदन जसरी
तिम्रो माया बिना मैले बाच्नु कसरी।

तिम्रो साथ पाए पछि हास्न शुरु भो
जिउदो लास थिए फेरि बाच्न शुरु भो।
एकै क्षण नहुदा याद आउँछ बेसरी
तिम्रो माया बिना मैले बाच्नु कसरी।

No comments:

आँखामा तिम्रै तस्वीर

आँखामा तिम्रै तस्वीर छ मनमा तिम्रै पीर छ हट्टा र कट्टा शरीर छ मायाकै लागि हाजिर छ। छानोमा गौंथली चिर्बिर छ ताँबेको हावा सिर्सिर छ मनले चाहेर...