कसैले नभेट्ने रफ्तारमा छु म
आफ्नो छुट्टै नौलो संसारमा छु म।
मेरो नाम संगीत हो, जताततै छु
टुङ्ना,डम्फू,मादल,सितारमा छु म।
महसुस गर त तिमी संगै छु
रचनात्मक तिम्रै बिचारमा छु म।
तिम्रो वरिपरि चिटिक्क पार
तिम्ले गर्ने सिंगार-पटारमा छु म।
मेलापात,घाँस,दाउरा मैले चलाउछु
रमाइलो महिना असारमा छु म।
कोसिस गर भेट्ने,प्रतीक्षामा छु
मेरा प्यारा सबै कलाकारमा छु।
माया गर मलाइ दिलै खोलेर
किनी सुन छेउको बजारमा छु म।
No comments:
Post a Comment