Saturday, 3 October 2015

चिन्न छाडे

स्वदेशी सर-सामान चिन्न छाडे हजूर
दौरा,सुरुवाल,टोपी किन्न छाडे हजूर।

बिदेशी संस्कृतिले जरा गाडी सक्यो
एक,दुई,तीन,चार गिन्न छाडे हजूर।

मेकडोनाल्ड,के एफ सी खान थाले सबै
मकै,गहुँ र कोदो पिन्न छाडे हजूर।

कार,बाइक र स्कुटर चाहिने सबै लाई
नेपाली यो बाटोमा हिन्न छाडे हजूर।

स्वदेशी सर-सामान चिन्न छाडे हजूर
दौरा,सुरुवाल,टोपी किन्न छाडे हजूर।

No comments:

आँखामा तिम्रै तस्वीर

आँखामा तिम्रै तस्वीर छ मनमा तिम्रै पीर छ हट्टा र कट्टा शरीर छ मायाकै लागि हाजिर छ। छानोमा गौंथली चिर्बिर छ ताँबेको हावा सिर्सिर छ मनले चाहेर...