Monday, 5 October 2015

बजे तालीहरु

शुरु भयो अभिनय, बजे तालीहरु
नबुझेरै कतिपय, बजे तालीहरु।

रंगमंच यस्तै हुन्छ नेपाली संसदको
बरिस्ठकै जय-जय, बजे तालीहरु।

अनापढ,गवार पनि छन् संसद भित्र
कामै दिने परिचय, बजे तालीहरु।

कसलाई कुन मन्त्री,नाता नै खोजिन्छ
पैले देखी हुन्छ तय,बजे तालीहरु।

रास्ट्रघाती निर्णय पो पारिद भयो आज
सहमती सयमा सय,बजे तालीहरु।

No comments:

आँखामा तिम्रै तस्वीर

आँखामा तिम्रै तस्वीर छ मनमा तिम्रै पीर छ हट्टा र कट्टा शरीर छ मायाकै लागि हाजिर छ। छानोमा गौंथली चिर्बिर छ ताँबेको हावा सिर्सिर छ मनले चाहेर...